• देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी हरुमा हार्दिक अनुरोध गर्दछौ।

  • Good companion makes a good company.

  • ” कुनैपनि टिम सगठन भनेको अलगअलग योग्यता क्षमता अनुभव र पृष्ठभूमी भएका व्यक्तिहरुको एक समुह हो । प्रत्येकको आ-आफ्नै उत्तिकै महत्व र आवश्यकता हुन्छ ।”       

  • ”निराशाले मानिसलाई गन्तव्यमा पुर्याउँदैन । यो मानिसको सफलताको शत्रु हो । त्यसैले हरेक समय उत्साहित रहिरहनु पर्छ । कहिल्यै पनि मनोबल कम हुने गरी सोच्नु हुँदैन । सधै भरी सकारात्मक सोच राख्नु पर्छ ।”

  • ”अज्ञानीहरु बस्तु खोज्छन् ज्ञानीहरु आफ्नो निरन्तर विकासका साथ देशको विकास खोज्छन् ।”

  • ” कडा बोल्नुस साँचो बोल्नुस तर मिठो गरी झुट बोलेर कसैलाइ आफ्नो नबनाउनुस ।”

  • ” घर आँगन ठुलो भए छिमेकीले मात्र देख्छन् चिन्छन्¸मन ठुलो भए संसारले चिन्छ¸ त्यसैले घर र आगन होइन मन ठुलो बनाउने कोशिस गर्नुहोस ।”

  • ”यदी तपाइ राजनीतिमा भाग लिनु हुन्न भने त्यसको परिणाम तपाइभन्दा घटियाले तपाइमाथि शासन गर्नेछन् ।”

  • ”अरुलाइ रुवाएर हास्न नपरोस¸ गलत विचार मनमा साच्न नपरोस¸ सही बाटो हिडन सिकाइदेउ भगवान¸शिर झुकाएर बाच्न नपरोस् ।”

  • ”देश प्रेम मायाले चल्ने होइन नियम कानुनले चल्नु पर्छ¸ घर नियमवाट चल्ने होइन माया प्रेमवाट चल्नु पर्छ ।”

  • ” खुशीको लागि काम गर्नुभयो भने खुसी पाउनुहुन्न तर खुशी भएर काम गर्नुभयो भने सबथोक पाउनु हुन्छ ।”

  • ”सुन्दर देखिने मान्छेहरु सबै असल हुदैनन् । तर असल मान्छेहरु सबै सुन्दर हुन्छन् ।”

  • ” जीवनमा असल मान्छेहरु नखोज्नुस । बरु आफु नै असल बनिदिनु ।”

  • ”जसले आफ्नो मनलाइ जित्न सक्छ, त्यसले संसारलाइ जित्न सक्छ, जसले आफ्नो मनलाइ जित्न सक्दैन । त्यसले केही पनि गर्न सक्दैन ।”

  • ” विजय उसलाइ प्राप्त हुन्छ¸ जसको मन विजयले भरिएको हुन्छ । सफलता उसलाइ नै प्राप्त हुन्छ¸ जसलाइ सफलताको विश्वास हुन्छ ।”

  • ” मलाई त्यस्तो बाघहरुको समुहदेखि डर लाग्दैन। जसको नेतृत्व एउटा भेडाले गर्दछ, बरु मलाइ त्यो भेडाहरुको समुहदेखि डर लाग्छ, जसको नेतृत्व एउटा बाघले गर्दछ।”

  • ”एउटा मानिसको सफलता र उन्नतीमा कैयौ मानिसहरुको साथ र सहयोग आवश्यक हुन्छ ।”

  • ”तपार्इ अरुले के गर्छन भन्ने कुरा विर्सनुस खाली आफु के गर्छु त्यसमा ध्यान दिनुस ।”

  • ”सं‌सारमा यस्तो कुनै पनि काम छैन जसलाइ मानिसले गर्न सक्दैन । इच्छा मात्र हुनुपर्छ मानिसले सबैथोक गर्न सक्छ ।”

  • ” राज्य सफल हुन राज्यको नीति नियत र नेतृत्व सही हुनु पर्दछ साथै राज्यको नीति अक्षरस पालना हुनु पर्दछ ।”